नाम्खाबाट कोरोना ससंक्रमीत एक पुरूषलाई हेलिकप्टरबाट उद्वार

नरजन तामाङ

आईतबार ३०,कार्तिक२०७७

हुम्ला नाम्खा गाउँपालिकाबाट कोरोना संक्रमण देखिएका एक जना पुरूषको हेलिकप्टरबाट उद्वार गरिएको छ ।  गाँउपालिका केन्दबाट हेलिकप्टरबाट कोरोना संक्रमण देखिएका  ६३ वर्षिया पुरूषको उद्वार गरिएको हो । स्वासपरशवासमा समस्या भएपछि  गाउँपालिका केन्द याल्वाङदेखि सिमरिक एयरको हेलिकप्टरबाट उद्वार गरिएको स्वास्थ्य सेवा कायार्लय  हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उद्वार गरिएका पुरूषलाई काठमाडौं तर्फ लिएको जनाईएको छ।६० वर्षिया महिलालाई भोली उद्वार हुने स्वास्थ्य सेवा कायार्लय  हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । हाल नाम्खा गाँउपालिकामा ५ जना पुरूष र ३ जना महिला हिजो मात्रै थप भएको  स्वास्थ्य सेवा कायार्लय  हुम्लाका प्रमुख  सिंहको भनाई छ । एक जना गुम्बाको टोपे र ७ जना  महाबौद्व माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखिएको छ । समुदाय स्तरमै कोरोेना भाइरसको  संक्रमण देखिएपछि एन्टीजेन सहित परिक्षणका जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गएका छन ।

प्रतिक्रिया दिनुहोस