हुम्लामा हिमपात शूरु ,जनजीवन कष्टकर ,तापक्रम माईनस ८ डिग्री

अर्जुन बोहरा 

सोमबरा १,मंसिर २०७७
हुम्ला । गएरातएदेखि हुम्लामा हिमपात भएको छ । हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उतरी नाम्खागाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँजमेको नाम्खा गाउँपालिका वडा६का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनु भयो । सिमकोटमा तापक्रम ८डिग्री माइनसमा झरेको छ ।
आइतबार राती देखि परेको हिंपातल ेहुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवाबन्द भएको विमानस्थल श्रोतले बताएको छ । हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदाँ समस्या भएको छ ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गर्नु भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस