आज भाइटीका: उत्तम साइत मध्यान्ह ११ : ३७ मिनेटमा

फिल्को मिसन

सोमबार १मंसिर २०७७
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
भाइटीका लगाउन मंगलबार बिहान ११ बजेर ३७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
तिहारले अहिले गाउँघर झिलिमिली भएको छ । पहिलो दिन कागको पुजा गरी सुरु भएको तिहारमा सोही दिनबाटै घर, चोक, बस्ती र नगर बत्तीले झिलिमिली पारिएको छ । आइतबार गाइको पूजा गरेर साँझ लक्ष्मीमाताको पूजाआजा गरी रातिदेखि नै देउसी भैलो खेल्ने काम सुरु भएको छ । गाउँ तथा सहरमा केटाकेटी, युवापुस्ताहरु विभिन्न समूह बनाई देउसी भैलो खेली रमाईरहेका छन् ।
त्यस्तै आज गोबरको पर्वत बनाएर गोबर्धन पुजा गरिन्छ भने भोली भाइटीका लगाउने तयारीमा दिदीबहिनीहरु व्यस्त रहेका छन् ।
                  नेपाल संवत् ११४१ मनाइँदै
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने बताएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको छन ।

प्रतिक्रिया दिनुहोस