सोमबार १ मंसिर २०७७
हुम्ला । हुम्लाको याल्वाङ्गमा चार दिनको अन्तरालमा ५३ जना कोरोनो पोजेटिभ देखिएका छन् ।
पहिलो दिन ४, दोस्रो पटक ८,तेस्रो, चौथोपटक कात्तिक २९गते १५ जना र मसिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको हो । हिजै आइतबार ७२ जनामध्ये १५ जनामा कोरोना संक्रमण पोजेटीभ देखियो भने आजै १सय ३० जना मध्ये २६ जना गरि अहिले सम्म ५३ जनालाई कोरोना संक्रमण पोजेटीभ देखिएको स्वास्थकर्मि वलीराज भण्डारीले बताए ।
पछिल्लो समय हुम्लाको बिहान बेलुका र रातीको समय माइनस् डिग्री तापक्रम भएको अवस्थामा समयमै यो प्रकोपलाई नियन्त्रणमा लिन सकिएन भने अझै समुदायस्तरमा प्रवेश गर्ने सक्ने स्वास्थ्य सेवा कार्यालय स्रोतले जनाएको छ ।
याल्वाङ्गमा कोरोनाको कारण बिरामी परेका ६१ वर्षका एक पुरुषलाई आईतबार र एक जना महिला सोमबार आजै हेलिकप्टरमार्फत १०⁄१० लाखा तिरेर काठमाडौं उद्धार गरिएको छ ।
हुम्लाको उत्तरी क्षेत्रमा देखिएको कोरोनो प्रकोप जिल्लाभरी भएको जिम्मेवार निकायबाट जानकारी प्राप्त भएको छ तर पनि स्थानीय सरकार, स्थानीय प्रशासन र माथिल्लो निकायसँग आवश्यक समन्वय र सहकार्य नहुँदा झन जटिल हुँदै गएको छ । हुम्लामा हवाई यात्राबाट आउने धेरैले नक्कली पिसिआर रिपोर्ट ल्याउने गरेको पनि थाहा भएर पनि सम्बन्धीत निकाय मौन देखिएको छ ।