तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाए

फिल्को मिसन

सोमबार १ मंसिर २०७७

हुम्ला । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाएका छन ।
यस दिन दाजुभाइ–दिदीबहिनीहरूले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गरिरहेका छन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सेलरोटील गायतका विभिन्नपरिका बनाएर खानेकुरा दिएका छन । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहे पनि वेलुका सम्म कतिपय दाजुभाइ तथा दिदीबहिनीले टीका लगाइरहेका छन् ।
आजैका दिन नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । हुम्लामा पछिल्लो समयमा हिन्दुहरु संगै बौद्धधर्मलम्बीहरुले पनि तिहारमा भाईटिका लगाएका छन ।

सामाजिक संजाल विभिन्न व्यक्तीहरुको फेसबुकबाट फोटा

प्रतिक्रिया दिनुहोस