कोरोना परिक्षण बिना भागेका ९ नियन्त्रणमा ८ जनाको नेगेटिभ

फिल्को मिसन

मंगलबार, २,मंसिर २०७७
हुम्ला । कोरोना संक्रमित बढ्न थाले पछि गाउँपालिका केन्द्र याल्वाङबाट भागेका ९ जना लाई स्थानयीले नियन्त्रणमा लिएको छन ।
विना परिक्षण नाम्खा छोडेर सोमबार सिमकोट गाउँपालिका वडानं ७ का शिक्षक एक जना र खार्पुनाथ गाउँपापलिका एक शिक्षक,एक स्वास्थ्य कर्मि र ६ जना विद्यार्थी लाई नियन्त्रणमा लिएको बताएको छ । जिल्ला स्वास्थ्यबाट स्वास्थ्यकर्मीलाई खटाईएको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए । भागेर आएकाहरूको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ जनाको नेगेटीभ आएकोे सुचना अधिकारी फडेराले बताए ।
परिक्षणका लागि उनिहरुको नाम तय भए पनि एक गते रातिनै आफ्नो गाउँपालिकामा भागेर पुगेपछि नियन्त्रणमा लिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी बताए । नियन्त्रणमा लिएका ८ जना खार्पुनाथ मन्दिरमा रहेको धर्मशाला भवनमा राखिएको अध्ययक्ष रावलले बताए । उनिहरूको कोरोना परिक्षणका लागि खटिएका नाम्खामा कोरोना संक्रमित पहिलो दिन ४ दोस्रो दिन ८ चौथो दिन १५ र हिजो परिक्षणमा २६ जना गरेर जम्मा ५३ मा कोरोना संक्रमण देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस