सचिवालय बैठक सार्न ओलीको प्रस्ताव, प्रचण्ड समुहको अस्वीकार

मंगलबार २,मंसिर २०७७
काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले भोलिका लागि सचिवालय बैठक केही दिन सार्न प्रस्ताव गरेका छन । तर अर्कां अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित असन्तुष्ट नेताहरूले अस्वीकार गरेका छन् । सचिवालयको बैठक केही दिन पर सारेर पार्टीको आन्तरिक विवाद समाधानका लागि शीर्ष तहमा अनौपचारिक छलफल चलाउने ओलीको प्रस्ताव लिएर आज महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटारमा जानुभएको थियो । महासचिव पौडेलसँगको भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक भोलि नै बस्ने र त्यहीँबाट विवाद समाधानका लागि छलफल गर्नुपर्नेमा जोड दिएको खुमलटार स्रोतले बताएको छ ।
शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।तर, प्रचण्डले भने बैठक सार्नेरनसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ ।