तिहारमा टिका लगाउन गएका एक युवा भिरबाट खसेर मृत्यु

बुधबार ३,मंसिर २०७७
हुम्ला । बैनिको हातबाट टिका लगाउन गएका एक युवा घर फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । मंसिर १ गते अदानचुली गाउँपालिका २ निसवासी ३५ बर्षिया रत्नपुर सुनारको २ गते साँफ ५ बजे तिर घर फर्किने क्रममा गाउँ नजिकैको भिरबाटोमा आउने क्रममा करिब ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु मृत्यका बुवा पठाने सुनारले बताउनु भयो र्। मृत्यक सुनार अदानचुली –६को लमही गाउँमा रहेकी बहिनी प्रेमकला टमटा र जानकला टमटा बैनिको हातबाट टिका थाप्न गएका थिए र्। यति बेला घर जान नहुँने भन्दै बैनिहरुले नजान आग्रह गरे पनि मृत्यक सुनारले नमाने पछि साँझ तिर फर्किएका तर उनको मृत्युको खबर भने राती ९ बजे मात्र खबर पाएको ज्वाई बिस्नु टमटाले बताए।’
मृत्यक सुनारको घटानास्थलमा स्थानीयले प्रहरी चौकी श्रीनगर र मृत्यकका आफन्त बुधबाार घटना स्थलगत मुचुल्का गरिएको प्रहरी चौकी श्रीनगरले जनाकारी दिएको छ । घटाना कसरी घटेको हो एकिन थाहा नभएपछि मृत्यु सुनारको पोष्टमाटमको लागि नजिकैको जिल्ला बाजुराको कोल्टी अस्पतालमा लगेको श्रीनगर प्रहरी चौकीले बताएको छ ।
मृत्यकका सुनारका बुवा–आमाले आफ्नो छोरालाई दाहसंस्कार गर्ने भन्दै दिन भर प्रहरी चौकीमा धर्ना दिएता पनि जिल्ला प्रहरी कार्यालय सिमकोटबाट पोष्टर्माटम गरेपछि मात्र दाहसंस्कार निर्देशन दिए पछि कोल्टी लगिएको छ ।
मृत्यक सुनारको पोष्टमार्ट गर्ने आर्थिक समस्या भएकोले स्थानीय सरकारले खर्चको ब्यबस्था भएको वडा नम्बर २ कावडा अध्यक्ष दल बहादुर बुढाले बताए ।