तिन बर्षपछि चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

फिल्को मिसन

शनिबार ६,मंसिर२०७७
काठमाण्डौ । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको तालिका बनाएर मंसिर १४ गते नेपाल आउने भएका छन ।
छिमेकी चीनबाट रक्षामन्त्री जनरल फेङ्गे दुईदिने औपचारिक भ्रमणमातिन बर्षपछि नेपाल आउने भएका छन । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन ।
नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन ।
छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस