कृषि विकास कार्यालयमै भेटिया २ वटा बम, सेनाको डिस्पोजल टोलीबाट निस्क्रिय

फिल्को मिसन

आईतबार ७,मंसिर २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ६ माथिल्लो लोकतान्त्रीक चोकस्थीत रहेको कृषि विकास कार्यालयको मुलगेटमा दुईवटा सकेट बम भेटिएका छ । कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतका अनुसार आइतबार बिहान कार्यलय खोल्नेक्रममा मुलगेट अगाडि अचानक शंकास्पद वस्तु भेटिएको बताए । त्यसपछि जिल्ला प्रहरी कार्यलय लाई खबर गरेर बताउनु भयो ।
खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदी सहितको टोलि शसक्त प्रहरी वल र नेपाल सेनाको टोलीले निरीक्षण गर्दा एक वटा बाल्टिन बम र अर्को सकेट बम रहेको प्रहरीले पुष्टि गरेको छ । उक्त बम नेपाली सेनाको डिस्पोजल टोली निस्क्रिय पारेका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार जिल्लामा थप सुरक्षा व्यवस्था कडा बनाइएको बताए । कार्यालयमा भेटिएको शंकास्पद बम लाई सुरक्षा निकायले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला क्षेत्रमा ल्याएर डिस्पोजल गरिएका छ ।

??????

प्रतिक्रिया दिनुहोस