चिकित्सकलाई कोरोना देखिएपछि हुम्ला अस्पताल सिल

फिल्को मिसन

आईतबार ७,मंसिर २०७७
हुम्ला । हुम्ला जिल्ला अस्पतालका एक जना चिकित्सक लाई कोरोना पोजिटिभ देखिएको छ । चिकित्सक लाई कोरोना देखिएपछि स्वास्थ्य कार्यालयले आइतबार देखि एक साताका लागि अस्पताल र कार्यालय सिल गरेको छ ।अस्पतालले सामान्य सुत्केरी सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन भक्ती फडेराले जानकारी दिनु भयो ।
संक्रमित डाक्टर होम आइसोलेसनमा राखिएको रहेको उनले जानकारी गराए । सिल गरिए पनि अस्पतालमा डाक्टरले फोनमार्फत परामर्श दिने लिन बताएका छन । अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस