हिउँदे अधिवेशनस बारेमा छलफल हुँदै : सभामुख सापकोटा

फिल्को मिसन

मंसिर ८, २०७७ सोमबार
काठमाडौं । हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।
अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताएका सभामुख सापकोटाले बताउनु भएको छ ।
सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल पत्रकारहरुसँग बताए । कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए ।
हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन् । सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अधिवेशन तयारी भइरहेको जनाकारी दिएका छन ।
बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन् । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था रहको छ ।

 

प्रतिक्रिया दिनुहोस