कोरोन भाइरसले जोेखिम बढाएकोे भन्दै विद्यार्थीले प्रजिअ लाई ६ बुदे लाई माग

फिल्को मिसन

मंसिर ८, २०७७ सोमबार
हुम्ला । । हुम्लामा कोरोना भाईरसले जोखिम बनेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी लाई अनेरास्ववियू जिल्ला कमिटी हुम्लाले ६बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ । आजै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाका जिल्ला संयोजक गणेश भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गिरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।हम्ला जिल्ला उच्च जोखिम रेडजोनमा भएको भएता पनि बजारमा मानिसको आवतजावत, भिडभाड नघटेको हुँदा यो संक्रमणले भयावह रुप लिन सक्नेभएकाले तत्काल जिल्ला भित्र आवतजावत जमघटमा कडाई गर्न माग गरेको छ ।
जिल्ला स्तरमा र सातै गाउँपालिकामा कोराना नमुना संकलन,उच्चीत व्यास्थापन सहितको क्वारान्टाइन ,आइसोलेसन कक्षको बनाउन अनेरास्ववियू जिल्लाका संयोजक गणेश भण्डारीको लिखितहस्तक्षमा उल्लेख भएको छ । शिक्षण संस्था बन्द गरेर हुँदैन वैकल्पी उपाया अपानाएर (रेडियो एफएम,नेट उपलब्ध स्थानमा अनलाइ माध्यमाबाट,) कक्षाको व्यवस्था गर्न अनेरास्ववियूले माग गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिमको क्षेत्रलाई पहिचानगरेर उच्च जोखिम भएका स्थान बाहेक अन्य क्षेत्रका विद्यालयहरु निश्चित संख्यामा विद्यार्थीहरुको उपस्थित गरेर कोभिड १९ का आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था पुन सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेको छ ।
मङ्सिर ९ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै प्रत्येक परिक्षा केन्द्रमा अनिवार्य कोभिड १९ हेल्थ डेस्ड अर्थातसुविधा सम्पन्न बनाएर परिक्षा सञ्चालन गर्नुका साथै सामाजिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न माग गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पटक पटक बैठक बसेर कागजमा निर्णय गर्ने कार्यन्वय नगरेको भन्दै तत्काल सम्पुर्ण निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गरेको छ ।
अनेरास्ववियू हुम्लाले बुझाएको ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी गिरीले भने आफुले सक्दो सम्म बैठकमा कुरा गर्ने गरेको तर जिल्लाका स्थानीय तहले कार्यन्वयनमा ल्याउन नसकेका बताए ।

प्रतिक्रिया दिनुहोस