कोरोना संक्रमित बालबालिकालाई कम्बल सहित स्वास्थ्य सामग्री सहयोग

दाने बोहरा

मंसिर ९,२०७७ मंगलबार

हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना संक्रमित बालबालिका सहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले स्वास्थ्य सामाग्री सहयोग निःशुल्क सहयोग गरेको छ ।

मंगलबार युनिसेफ नेपालगञ्जले ५६ जना कोरोना संक्रमितलाई स्वास्थ्य सम्बन्धि सामग्री सहयोग गरेको हो । याल्वाङ्मा रहेको महाबौद्ध माध्यामिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ जना विद्यार्थी रहेका छन् भने ५ जना वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरीएको छ भने २ जना जिल्ला बाहिर रिफर गरीएकालाई समेत उक्त सामग्री प्रदान गरीएको छ ।

५६ कोरना संक्रमितलाई कम्बल, सेनिटाइजर, मास्क, ग्लोवस, थर्मोमिटर, जीवनजल लगायतका स्वास्थ्य सम्बन्धि सामग्री सहयोग गरीएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिनुभयो । साथै आज कोरोना संक्रमित दुई विद्यालयका ४९ जना बालबालिकालाई होमआइसोलेसनको अवधिभर बस्दा बोर नहोस् भनेर मनोरञ्जनका लागी खेलकुदका विभिन्न सामग्री समेत सहयोग गरीएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यस्तै युनिसेफले बर्थिङ्ग सेन्टरका लागी आवश्यक पर्ने सामाग्री समेत निशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिनुभयो । बर्थिङ सेन्टरका लागी १०० वटा न्यानो झोला समेत वितरण गरीएको छ । कोभिड लक्षित सामग्री २ सय १६, जीवनजल एक हजार प्याकेट, पाउण्डर , बालबालिकालाई खेलौना ६ वटा प्याकेट, र कोरोना संक्रमितलाई न्यानो हुनका लागी ६० वटा कम्बल निशुल्क सहयोग गरीएको हो ।

हिमालयन बाल होस्टेलमा बालबालिका र कर्मचारी गरी ३२ जना, कैलाश मानसरोवर चिल्डेन होस्टेलमा १ जना र धार्मिक गुम्बा विद्यालयका १९ जना ५२ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । चारजना शिक्षक कर्मचारी कोरानेना संक्रमित रहेका छन् भने अन्य सबै कक्षा सात देखि दश सम्म अध्ययनरत छात्रछात्रा संक्रमित रहेका छन् । अहिले उनिहरु सकैको अवस्था सामान्य हुनुको साथै जिल्ला अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको निगरानीमा उनिहरु रहेको ल्याप टेक्निसियन बलिराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस