माओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी सहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित

मंसिर ९,२०७७ मंगलबार
काठमाडौं । पुर्नगठित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठकबाट जारी केन्द्रीय समिति बैठकले नयाँ नेतृत्व चयन गरेको छ । कात्तिक ११ गते पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि नयाँ नेतृत्वमा बुढाथोकी चयन भएका हुन् ।
माओवादी आन्दोलनमा शहीद परीवार, अपाङ्ग घाईते योद्धा परिवारको भूमिका महत्वपूर्ण रहदै आएको भएपनि पार्टी नेतृत्वको मुल भने कहिल्यै पुग्न नसकेको नेपाली राजनीतिक अवस्थालाई नेकपा (माओवादी केन्द्र) को जारी बैठक तथा विशेष भेलाले चयन गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटब्युरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरेका छन् ।
माओवादी केन्द्रको बैठक तथा विशेष भेलाले माओवादी केन्द्रका महासचिव समेत रहेका शहीद परिवार सदस्य शुशिललाई पार्टी अध्यक्षमा निर्वाचित गरेको छ । माओवादी आन्दोलनमा अहम भूमिका खेल्ने शहिद, योद्धा परिवारहरु माओवादी पार्टीको प्रमुख जिम्मेवारी पाउनेमा उहाँ अहिलेसम्मको पहिलो व्यक्ति भएको धेरैको भनाई रहेको छ ।
नेकपा एमालेसँगको एकतामा विमति जनाउँदै नेकपा माओवादी केन्द्र पुनर्गठन गरेका किरातीले स्वास्थ्यका कारण अध्यक्षको जिम्मेवारी छोडेको भनिएको थियो ।
माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा बुढाथोकीलाई चयन गरेको थियो । अध्यक्षमा निर्वाचित बुढाथोकीको परिवारबाट माओवादी जनयुद्धमा दुई जना शहीद भएका थिए । उनकी जीवन संगिनी उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको जनयुद्धकालीन घटनामा शहादत प्राप्त गरेकी थिइन् ।
त्यस्तै उनको दाई धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा शहादत प्राप्त गरेका थिए । शहीद परिवारको तर्फबाट उनी नै यसरी माओवादी पार्टीमा पहिलो पटक अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।
अध्यक्षमा निर्वाचित भएपनि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरे । उनको प्रस्तावमा भेलामा सहभागी नेताहरुले सुझावसहित पास गरेको बताइएको छ ।
बैठकले पार्टीको वरिष्ठ नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुन उपाध्यक्षको जिम्मेवारी दिएको छ ।त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीबारे थप छलफल सहित निर्णय गर्ने बताइएको छ ।
विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ । अध्यक्ष कर्णजीतले आज प्रस्तुत गरेको वर्तमान परिस्थिति र हाम्रो कार्यभार विषयक कार्यपत्रमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ
हुम्ला जिल्लाको सर्केघाड गाउँपालिकाको बराईमा जन्मनु भएका बुढाथोकी तत्कालिन माओवादीको केन्द्रिय सदस्य हुदैं २०६४ सालको संविधानसभाको निर्वाचनमा हुम्ला जिल्ला निर्वाचन क्षेत्रबाट सभासदमा निर्वाचित भएका थिए ।