कोरोना कहरकै बीच हुम्लामा कक्षा १२ को परीक्षा(फोटो फिचर)

फिल्को मिसन

मार्ग १०,२०७७ बुधबार
हुम्लामा : कोभिड(१९ ले स्थगित कक्षा १२ को परीक्षा मंगलबार देखिदेशभर सञ्चालन भैरहेका छन। स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्दै हुम्लामा पनि परीक्षा सञ्चालन भएको छ । हुम्ला शिक्षा समन्वय ईकाइका प्रमख बिष्णु बहादुर शाहीका अनुसार हुम्लामा महावौद्ध मावि याल्वाङ्ग, कर्णाली मावि चौगनफया,मानसरोवर मावि सिमकोट,मालिका मावि लाली,कोटमावि रोडिकोट,हिमज्यातो मावि सर्केगाढ,सरस्वती मावि जैर,माहादेव मावि दार्मा,सूर्यदय मावि श्रीनगर र धर्मदय मावि मैलामा परिक्षा केन्द्रमा परिक्षा संचालन भईरहेको बताउनु भयो ।
ंंमंगबार सुरु भएको परिक्षा विद्यार्थीले रोकिएको परिक्षा सुरु भएकोमा उत्साह हुदै ढुक्कसँग परिक्षा दिएको महादेव मावि र्दामा शिक्षक भुपेन्द्र उपाध्यले बताए । शिक्षा समन्वय इकाईका हुम्लाका प्रमुख शाहीका अनुसार ७ वटा माविबाट ६ सय ३२ विद्यार्थीले कक्षा–१२ को परीक्षा दिएका छन । अन्य तिनवटा माविमा टेलिफोन नलाग्ने भएकै कारणले कति जनाले परिक्षा दिएको एकिन नभएको बताए ।

प्रतिक्रिया दिनुहोस