एक महिनाभित्र कक्षा १२को परीक्षाफल प्रकाशित गर्ने तयारी

मार्ग १०,२०७७ बुधबार
कामाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नु भयो ।
यहि मंसिर २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको बताए । ४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अध्यक्ष प्राडा पौडेलले बताउनु भयो ।