थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, ३१ सय ४०जना मुक्त

फिल्को मिसन

मार्ग १०,२०७७ बुधबार
काठमाडौं। नेपालभर गत २४ घन्टामा थप १९ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय १० पिसिआर परीक्षण गरिएकोमा ७ सय ७४ महिला र १३ सय ८९ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ८९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको बताउनुभयो । यस्तै गत २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९२ प्रतिशत हो । यस्तै गत २४ घन्टामा थप २८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९ पुगेको छ । यस्तै हाल नेपालभर ३ सय ४५ जना कोरोना सङ्क्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस