सल्लाको रुखमै बिजुलीको तार

फिल्को मिसन

मार्ग १२ ,शुक्रबार २०७७
हुम्ला ।नाम्खागाउँपालिका वडानं ४को याल्वाङ्गमा सल्लाको हरियो रुखमा बिजुलीको तार तानिएको छ । याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँबाट ल्याईको मेनलाई हरियो सल्लाको रुखमा टाँगिएको छ ।याङगार खोला लघुजलविधुत वितरण केन्द्रले ३४ वाट किलोवाट उत्पादन गर्दै आएको छ ।
याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग,गाउँपालिक, बैक,गुम्बा लगायतका गाउँमा विजुली तार तानिएको छ । पोल विहीनको हरियोरुख बाट बिजुली विस्तार गरेको स्थानीय बासिन्दाले बताएका छन ।मानिस तथा पशुचौपाय लाई समेत सल्लाको रुख नजिकै जाँदा खतरा हुने सक्ने संकते देखिन्छ ।

प्रतिक्रिया दिनुहोस