बालिकालाई सामुहिक बलत्कार गरि फरार डेढ वर्षपछि पक्राउ

फिल्को मिसन

२०७७ मङ्सिर १९ शुक्रबार

हुम्ला । तेह्र वर्षिय बालिकालाई सामुहिक बलत्कार गरि फरार २ जनालाई डेढ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत वर्ष (०७६ साउन २१) को साउनमा १३ वर्षीया बालिकालाई लुगा धुन चौतारामा गएको वेला पाँचजनाले सामूहिक बलात्कार गरेको आरोप छ ।
तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ गरे पनि दुईजना फरार थिए । फरार दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेको सुवेदीले बताए ।  फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे पक्राउ गरेको हो । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लामा जबर्जस्ती करणी मुद्धा दर्ता भएको थियो । घटनालगत्तै पक्राउ परेका दुईजना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बालसुधार गृह हिरमुनिया बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस