मंसिर २३, २०७७
हुम्ला । जिल्ला अदालतको आदेशपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ रिहा भएका छन्।
जिल्ला अदालत हुम्लाका न्यायाधीस जगत बहादुर पौडेलको इजालासले विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी बुढा ‘निर्माण’ मंगलबार अपरान्ह रिहा भएका हुन्।अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बुढालाई मानव अधिकारकर्मीको रोहवरमा प्रहरीले रिहा गरेको थियो । गत असोज २२ गते बुढालाई अदानचुली गाउँपालिकाको वडा नम्बर ५ बाट प्रहरीले पक्राउ गरेको थियो।