नेपाल टेलिकम कार्यालय हुम्लाले टेलिफेन सेवा नदिएको भन्दै तालाबन्दी

दाने बोहरा

मंसिर २५, २०७७
हुम्ला,सिमकोट । हुम्लाका युवाहरुले नेपाल टेलिकम कार्यालय शुक्रबार तालाबन्दी गरेका छन् । मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले लापारबाही गरेको भन्दै युवाहरुले आज कार्यालय तालाबन्दी गरेका छन् ।
गुणस्तिरय सेवा नदिएको भन्दै जिल्ला स्थित युवा संघ, नेवि संघ, नागरिक समाज मिलेर नेपाल टेलिकम कार्यालय तालाबन्दी गरेको युवा संघ हुम्लाका अध्यक्ष सुवास रोकायले जानकारी दिनुभयो ।
जिल्लामा महिनौ दिन सेवाग्राहीले सुविधा पाउनबाट बञ्चित हुदा पनि वेवास्ता गरेकोले ताला लगाउन बाध्य भएको संयोजक रोकायले बताउनुभयो ।
नेपाल टेलिकमले क्षमता भन्दा बढी सिम, रिम दिएपछि समस्या भएको सेवाग्राहीहरूले गुनासो गर्न गरेका छन ।
नेपाल टेलिकम हुम्लाका पमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरिय गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस