हिउँमा सिमा गस्ति गर्दे सुरक्षावल

फिल्को मिसन

मंसिर २५, २०७७
सिमकोट   । चीनसँंगको सिमा जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सिमा सुरक्षा चौकी ( बिओपी ) का सुरक्षाकर्मीले माईनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सिमा स्तम्भको गस्ती गर्नुपरेको छ ।
हिमपात पछि सेताम्मे हिउँ भएको तीन ६ महिनाका लागी बन्द रहेको हिल्साको बाटोमा नियमित रुपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीहरुले गस्ती गर्दै आउनुपरेको छ ।
केही दिन अगाडी परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सिमा सुरक्षा चौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताउनुभयो । उहाँको नेतृत्वमा गस्ती टोलीले किट क्षेत्र र लिमीतर्फ सिमा स्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपाल पट्टी पनि अनुगमन गर्ने गरेको बताउनुभयो ।
इन्चार्ज केसीले भन्नुभयो, “माईनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटेल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ” । बिहान उठ्दा धारा, शौचालय, बाल्टीमा राखिएको छ, । “पानी जमेर बरफ मात्र हुने गरेको त्यसलाई तताएर मात्र पानी निकाल्न सकिने अबस्था रहेको छ । ”
यस वर्षको हिमपात भई सकेको कारण सेताम्मे क्षेत्रमा पनि कुनै अबान्छित कृयाकलाप नहोस भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताउनुभयो ।
चार हजार छ सय मिटर अग्लो नारा लेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानु पर्ने र हावा पनि लाग्ने भएको कारण समस्या भने हुने गरेको छ । पारीपट्टी चिनीयाँहरु पक्की घरमा बस्दै आएको भएपनि नेपाली सुरक्षाकर्मीहरुलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएको कारण भाडाको घरमा बस्नु परेको उहाँले बताउनुभयो ।
सिमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएको कारण आफ्नो ज्यानको प्रबाह नगरि सुरक्षाकर्मी लागि परेको उहाँले बताउनुभयो । हिल्सा कर्णाली नदीको तिरमा गहिरो खोचमा भएको कारण हिउँदको समय घाम पनि थोरै समय लाग्ने गरेको छ । यस्तै दिन एक पटक ११ बजे तिर मात्रै घाम लाग्ने गरेको उहाँले बताउनुभयो ।
हावा पनि त्यतिकै चल्ने भएको हुदा त्यहाँ बस्ने टोलीको दैनिकी भने कष्टकर हुने गरेको राससलाई बताउनुभयो ।
मङ्सिर देखि चैत महिनासम्म हिमपातको कारण नारा लेकमा आवतजावत गर्न हिउँ जमेको कारण बन्द हुनेगरेको छ । त्यही जानकारी पाएर सिमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने रासनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामानहरु हिल्सामा पुगि सकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताउनुभयो ।
अन्य सञ्चार माध्याम नभएको हिल्सामा चौकीका लागि प्रधान कार्यालयमा सम्पर्क हुने गरि एक लाईन भिस्याट फोन जडान गरिएको उहाँले बताउनुभयो । त्यो लाईन पनि घाम लागेको दिन मात्र सञ्चालनमा आउने र अन्य दिन सम्पर्क विहीन अबस्थामा बस्नु पर्ने इन्चार्ज केसीले बताउनुभयो ।
हालसम्म बन्दाबस्तीको कुनै समस्या नभएको र दुई जना सुरक्षाकर्मीबाटै प्राथमिक उपचारको व्यव्स्था गर्ने गरि उपचारको व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताउनुभयो ।
केही जटिल केसका बिरामी आए हेलिकोप्टबाट रेस्क्यु गर्नुको अन्य विकल्प नभएको उहाँले बताउनुभयो ।
ती स्वास्थ्यकर्मीले हिल्सामा बस्ने अन्य १२ जना सर्वसाधारणहरुलाई पनि बिरामी परेको बेला उपचार गर्दै आउने गरेको बताइएको छ ।
हालसम्म हिल्सामा नेपाल प्रहरीको सुरक्षाकर्मी हिउँदको समयमा नवसेको समयमा सिमा सुरक्षा चौकी स्थापना भएको वर्ष सिमानाका सशस्त्र प्रहरीको टोली बस्न सुरु गरेको छ । नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समय अगाडी जिल्लामा फिर्ता भई सकेको छ ।
हिल्सा विओपीमा २२ जना सुरक्षाकर्मीले सिमा सुक्षा दिदै आएका छन् भने १२ जना स्थानीय नागरीक बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस