पलाँतामा बन्यो १५ शैयाको अस्पताल, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन

हस्त चौलागाँई

२०७७ मंसिर २५
कोलिकोट । पलाँता गाउँपालिकाको थिर्पुमा १५ शैयाको अस्पताल बनेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पलाँता गाउँपालिकामा निर्मित १५ शैयाको अस्पताल उद्वघाटन गर्नुभएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानको ४० लाख र पलाँता गाउँपालिकाको ३० लाख गरि जम्मा ७० लाख लागतमा अस्पताल बनेको हो । आज एक कार्यक्रमको आयोजना गरी मूख्यमन्त्री शाहीले १५ शैया अस्पताल उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बजेटको ब्यवस्था गरि सरकारले पठाउने भएकाले विकास गर्ने जिम्मा पलाँताबसीको नै रहेको बताउनुभयो । अस्पताल बनेपछि कोरोनाका विरामीको उपचारमा समेत सहज हुने मूख्यमन्त्री शाहीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस