पार्टीको महाधिवेशन फागुनमा सम्भव छैनः काँग्रेस महामन्त्री कोईराला

मंसिर २६, २०७७
काठमाण्डौ ।नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताउनुभएको छ । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोध लगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पार्नुभयो । यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उहाँको भनाई थियो ।
मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउने र त्यसमा दावी विरोध हुने भएकाले समय लाग्ने उहाँको भनाई छ । महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको पनि उहाँले बताउनुभयो ।