थप १ हजार ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

फिल्को मिसन

२०७७ मङ्सिर २६ शुक्रबार

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय १४ जनामा गरिएको परीक्षणमा १ हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको हालको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने १२ सय ७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस