दश बुँदे नारा सहित कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने

फिल्को मिसन

२०७७ मङ्सिर ,२६ शुक्रबार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारीमा छ ।
कांग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको छ। मंसिर २९ गते देशव्यापी रुपमा आन्दोलनका लागि नारा तयारी गरिसकेको छ ।‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन। नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटीरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ। त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं। प्रदर्शन गर्दैगर्दा खेरि आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ। “सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिडविरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !” विज्ञप्तीमार्फत कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस