दलित तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग

नन्द सिंह

२८मंसिर २०७७, आइतबार

हुम्ला ।  पछिल्लो चरणमा व्यक्तिगतरुपमा दलित तथा विपन्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।
हुम्लाका सातवटै गाउँपालिका भित्रका दलित तथा विपन्न घरपरिवारका व्यक्तिहरुलाई व्यक्तिगत लगानीमा मंसिर २७ गते खाद्यान्न सहयोग गरिएको छ ।

खाद्यान्न सहयोग सदरमुकाम सिमकोटमा स्थापित कैलाश बोदिका प्रिन्सपल छवाङ् लामा र काठमाण्डौँमा स्थापित हिमालयन गुगे अर्गनाइजेसन नामक संस्थामा कार्यरत कर्मचारी टसि फुन्जोक लामाको सयुंक्त आर्थिक सहकार्यमा सो खाद्यान्न सहयोग रिएको हो ।

जिल्लाका ४४ वटै वडामा रहेका दलित बस्तिहरुका क्षेत्रबाट छनौट गरि अति विपन्न, असक्त, एकल महिला र अपंगता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको थियो । कोभिड १९ का कारण विपन्न वर्गका नागरिकहरुलाई केही समस्या भएको भन्दै उक्त संस्थाहरुमा आवद्ध व्यक्तिहरुले राहतस्वरुप जिल्लाका ३५ दलित तथा अति विपन्न वर्ग, पिछडीएका व्यक्तिहरुलाई सो खाद्यान्न सहयोग गरेको कैलाश बोदिका प्रिन्सपल छवाङ लामाले बताए ।

प्रति घरपरिवारलाई १५ किलो चामल र एक पोका तेल समेत वितरण गरिएको लामाले बताए ।
५० देखि ६० हजार सम्मको आर्थिक लगानीमा वितरण भएको खाद्यान्न लिनका लागि भने जिल्ला सदरमुकाम सिमकोटमै आएर स्थानीयले खाद्यान्न बुझेर घर फिर्ता भएका थिए । सो व्यक्तिहरुले खाद्यान्न पाएपछि केही राहत हुने भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस