सरकार विरुद्ध नेविसंघद्वारा सिमकोट बजारमा सिटी जुलुस

फिल्को मिसन

२८ मंसिर २०७७,आइतबार
सिमकोट । सरकार विरुद्ध नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिमकोट बजारमा सिट्ठी जुलुस निकालेको छ ।
सोमबार कांग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यानमा आइतबार साँझ विद्यार्थीले सिट्ठी सिट्ठी जुलुस निकालेका हुन् ।
देशको ७७ जिल्लाको सरकारको एकल, मनोगत र स्वच्छेचारीता विरुद्ध खबरदारी गर्न सिटी जुलुस निकालएको जानकारी नेपाल विद्यार्थी संघ हुम्लाका उपाध्यक्ष छिरिंग सुनाम लामाले दिएका छन् ।
सिमकोट बजारको विभिन्न भागहरुमा सिटी बजार सरकारले गरेको भ्रष्टचारी गतिविधि, मनोगत निर्णय, जनजीविकाका सवालहरुलाई गरेको उपेच्छा तथा असफल सरकारको विरुद्धमा भोलि देशब्यापी विरोधको पूर्व तयारीका साथै नागरिकलाई सचेत गराउनको लागि यो कार्यक्रम गरिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस