थप ८ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि

२८ मंसिर २०७७,आइतबार
काठमाण्डौ । पछिल्लो २८ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल सम्म १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ सय जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।