सिमाना मिचीएको छैन र फ्रि– तिब्तको नारा लगाएको छ,भन्नेहरु प्रमाण पेश गर ! अहिले म राजीनाम दिन्छु : शाही

अर्जुन बोहरा

मंसिर २९, २०७७
हुम्ला । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस हुम्लाले सरकारविरुद्ध हुम्लामा पनि प्रदर्शन गरेको छ। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो।
सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभर कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो । विरोध प्रदर्शनमा सहभागिता जनाउन हुम्लाको सदरमुकाम सिमकोटब बजारमा कार्यकर्ता उपस्थिति भएका थिए।
मानसवर बहुमुखी क्याम्पसमा भएको विशेष कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रस केन्द्रिय सदस्य जिवन बहादुर शाहीले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण देश र राष्ट्रियतामाथि खतरा भएको बताए।
हाम्रो हुम्लाको सिमाना मिचीएको छैन । हाम्रो सिमाना मिचएको छैनन र जिवन शाहीले रातीराती गएर फ्रितिब्तको नारा लगाएर गएको छ ,भन्नेहरु जस्ले चिनिया पार्टीको मुखपत्र ग्लोबल टाइम्स भन्नेको छ , उसलाई चालेन्ज गर्नु चाहन्छु , यदि मलाई गएको छ, भनेर त्यो प्रमाणित गर ! अहिले नै मेरो पदबाट राजिनाम दिन्छु ।’ शाही भन्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै भुतपुर्व संसद रिता शाहीले अरबौ रकमको भ्रष्टचार गरेको आरोप लगाउँदै र्यो सरकारको रवैयाका कारण सवै प्रजातन्त्रवादी जनता सडकमा एक साथ आएर सरकारका बिरुद्ध नारा लाउनुपर्ने परिस्थिती सिर्जना भयो’ भुतपुर्व संसद शाहील भन्नु भयो ।
विरोध प्रदर्शनमा नेपाली कांग्रेस जिल्ला सभापति जयपति रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा ,खार्पुनथा गाउँपालिका अध्यक्ष कर्ण रावल र पार्टी सचिव मोहन विक्रम सिंह लगायत वक्ताहरु बोल्दै सरकार गम्भीर नभए हजारौँ जनता लडेर ल्याएको व्यवस्था खतरामा पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस