हुम्लामा मानवअधिकार उल्लघन बढ्यो–इन्सेक

मंसिर ३०, २०७७
हुम्ला । पछिल्लो समय हुम्लामा मानव अधिकार उल्लघनका घटनामा वृद्धि भएको छ । मंगलबारमा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ लागि वार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरे अनुसार गत वर्षको तुलनामा भन्दा यो वर्ष मानवअधिकार उल्लघनका घट्नाहरु बढी भएको बताएका छन ।
हुम्लामा धेरै बालिका तथा महिला बलात्कारको शिकार बन्नु परेको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत बर्षमा २४वटा घट्ना घटेका थिए भने यो बर्ष हुम्लामा एक वर्षको अवधिमा २७ वटा मानवअधिकार उल्लघनका घटना भएको बताइएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट ५,गैरन्यायिक पक्षबाट भएको घटना ७ वटा , बाल अधिकार बाल यौन हिंसा ५, महिला हिंसा दुव्र्यवहार ४ र जातिय विभेदका १ मुद्दा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का हुम्लाका प्रतिनिधी नन्द सिंहले जानकारी दिएका छन् । आजै भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरी, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत लगायतको सहभागतिा रहेको थियो ।
वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाहरुको प्रतिवेदन एकतर्फि भनाई राखेको भन्दै प्रमुख जिल्ला अधिकारी गिरीले पिडक र पिडीत दुबै पक्षको भनाई समेट्नुपर्ने बताउनुभयो ।