सिमकोट बाजरमा मासु पसलको अनुगमन

फिल्को मिसन

मंसिर ३०, २०७७
हुम्ला ।हुम्लाको सिमकोट बजारमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोरमा विक्रीवितरण गरेको पाईएको छ ।
सिमकोट गाउँपालिका पशु सेवा शाखाद्धारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालीत २२ वटा मासु पसल र एकवटा एग्रोभेटको अनुगमन गरीएको छ ।
यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमनमा व्यवसायीहरुले जथाभावी बासी कुहिएको मासु विक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाईएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्णु बुमिले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका पशु सेवा शाखाद्धारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालीत २२ वटा मासु पसल र एकवटा एग्रोभेटको अनुगमन गरीएको छ ।
अनुगमनका क्रममा एकवटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिन भित्र दर्ता गर्न म्याद दिएको यदि यो समयअवधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्णु बुमिले जानकारी दिनुभयो । दुईवटा मासु पसलमा विग्रीएको मासु भेटिएकाले उनीहरुलाई एक पटक सुध्रिने मौका दिएको र विग्रीएको मासु बरामद गरी नष्ट गरीएको छ ।
यस्तै तीनवटा नविकरण नभएको, ४ वटा साइनवोर्ड नभएको र सातवटा मासु पसलमा मुल्य सुचि नभएको पाइएको पशु सेवा शाखामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक बुमीले जानकारी दिनुभयो । यी मासु पसल सञ्चाकलाई एक हप्ता भित्र सम्पुर्ण कागजात जुटाएर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । सिमकोटमा सञ्चालीत एक मात्र एग्रोभेट अनुगमनका क्रममा राम्रो रहेको छ ।
अधिकांश मासु पसल अत्यन्तै फोहोर र बासी कुहिएको मासु विक्री तथा बधस्थलहरु अधिकांश फोहोर रहेको गुनासो आउन थालेपछि अनुगमन गरीएको सिमकोट गाउँपालिकाले जानकारी दिएको छ ।
अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नविकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सूची राख्न, ससेज्को लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको सिमकोट गाउँपालिका पशु सेवा शाखाका संयोजक महेन्द्रबहादुर शाहीले बताउनुभयो ।
स्वच्छ मासु खाऔं, स्वस्थ बनौ भन्ने सिमकोट गाउँपालिकाको नारा रहेको संयोजक शाहीले बताउनुभयो । नेपालगञ्ज सुर्खेतबाट आउने मासु चेकजाँचका लागी भोलीबाट सिमकोट विमानस्थलमा पशु सेवा शाखामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक बुमी विमानस्थलमानै खटिने बताए ।

प्रतिक्रिया दिनुहोस