२४ घण्टा नटिक्ने अध्यादेश ल्याए प्रधानमन्त्रि ओली

फिल्को मिसन

पुस १, २०७७
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली हिजो जारी भएको अध्यादेश फिर्ता लिन तयार हुनुभएको छ । हिजो जारी भएको अध्यादेशलाइ लिएर पार्टी भित्र तथा पार्टी बाहिर र सामाजिक सञ्जालमा पनि तिब्र आलोचना भएपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत हुनुभएको हो । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको नेकपा नेताहरुले बताएका छन् ।
                                                                        पटक पटक राष्ट्रपति पनि विवादमा
अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत मंगलबारको आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका छन् ।
बुधबार स्थायी समिति बैठकका लागि निर्धारित समय १ बजेका लागि नेकपाका नेताहरु बालुवाटार पुगिसकेका थिए । निकै ठुलो रस्साकस्सीपछि स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न बाध्य बनाएको छ ।
प्रधामन्त्रि ओली एकलौटी हिड्न खोजेपछि असफल भएका छन ।गएको बैशाखमहिनामै अध्यादेश असफल भएपछि दोश्रो पटक पनि हार खानुपरेको छ । ओलीसँगै नेकपाको निर्णयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विवादमा तानिनुभएको छ ।एकपक्षिय लिएको अध्यादेशमा हस्ताक्षर गर्ने राष्ट्रपतिको यो शैलीबाट राष्ट्रपति नांगिएको नेकपा एक सचिवालय सदस्यले आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस