२४ घण्टामा ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिल्को मिसन

पुस १, २०७७

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षणमा ७३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमित संख्या ९७५७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ

प्रतिक्रिया दिनुहोस