हुम्ला देखि नेपालञ्जसम्मको हवाई भाडा घट्यो

फिल्को मिसन

बिहिबार, पुस २, २०७७

सिमकोट ।हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । लामो समयको अन्तरालपछि हुम्लामा नेपाल एयरलाइन्सले उडान भरेको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु ६ हजार ५सय ९५रुपाँया भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु ५ हजार ३०० कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म ७ हजार ९सय भाडादर रहेको उहाँले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ

 

प्रतिक्रिया दिनुहोस