जटिवुटी खन्ने क्रममा भिरबाट लडेर सुनार ज्यान गयो

शुक्रबार, पौष ०३, २०७७
हुम्ला । शुक्रबार हुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ याँङचुगाउँ दलितबाडाका निबासी ४५ वर्षीय धनकन्या सुनारको मृत्यु भएको खबर खार्पुनाथ गाउँपालिका वडानं ५का वडासदस्य धनविरे सुनारले बताएका छ्न् ।
मृत्यक सुनार जडीवुटी निकाल्नका लागि खार्पुनाथ गाउँपालिकाको वडा नं ५मा पर्ने त्रिसुली सामुदायीक वनको बोल्दे भन्ने ठाउँमा जडीवुटी निकाल्ने क्रममा भिरबाट लडेर मृत्यु भएको मृत्र्यका आफन्तले बताएका छ्न् ।
दुई गते विहीबार अपरान्हको १ बजेतिर वनमा जडीवुटी निकालीरहेको अवस्थामा भिरबाट अन्दाजी ६सय मिटर खसेर मृत्यु भएकोे हो । आजै मृर्तक सुनारको हिन्दु परम्परा अनुसार आफन्तले वनमै दाहसंस्कार गरेका छन ।