अध्यादेश तत्काल फिर्ता लिन काँग्रेसको माग

फिल्को मिसन

शुक्रबार, पौष ०३, २०७७
काठमाण्डौ । नेपाली काँग्रेस संसदीय दलको कार्य समिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।
आज बसेको संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भयो ।
सरकारले ल्याएको अध्यादेश संविधानको भावना र मर्म विपरित रहेकाले यसलाइं तत्कालै फिर्ता लिनुपर्नेमा पार्टीले निणर्य गरेको बताउनुभयो । संसद्को अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रति प्रमुख सचेतक खाँडको भनाइ छ । बैठकले संसद् अधिवेशन अविलम्ब बोलाउन समेत माग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस