पुल बनाएका कामदारले ज्याला पाएनन

मन्दिर सिहं

शुक्रबार,पुस ३,२०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको हेप्का खोलामा जोड्ने पुल निर्माणमा खटिएका कामदारले १६ महिना बितीसक्दा पनि कामदारले जाला पाएका छैनन ।
२०७६ भदौ २७ गते देखि नियमित काममा खटिएका कामदारहरुले अहिले सम्म ज्याला नपाएको गुरु लिडरका खुसिराम थारुले गुनासो गर्नु भयो ।
पुल निर्माणका लागि जिल्ला बाहिरबाट ठेक्केदार कम्पनीले कामदारहरुले ल्याएको डेड वर्षदेखि वितीसक्दा पनि कामगरेको ज्याला नपाएको बताएका छन ।
गुरुप लिडर थारुसँगै कैलालीका १२ जनाले कामदारले ४ सय ५५ दिन भन्दा बढी पुल निर्माणमा काम गरेका थिए । तर,ठेकेदार कम्पनिले कुनैपनि कामदारलाई ज्याला दिएको छैन्। पुल निर्माणमा काम गरेका कामदारले अहिलेसम्म १ रुपैयाँ पनि ज्याला नपाएको गुनासो गरेका हुन्।
‘मैले पुल निर्माणमा ४ सय ५५ दिन काम गरेको हुँ,’ कामदार गुरुप लिडर थारुले भने, कामदारमा लगाई दिने भनेर काममा लागेको बताए । हिल्सा सिमकोट सडक खण्ड अन्र्तगतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तिव्ररुपमा सञ्चालन भईरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण अहिले सम्म काम गरेको करीव १९ लाख रुपयाँ नपाएको कामदार खटिएका गुरुप लिडर थारुले बताउँछन् ।

कामदार मध्यका गुरुप लिडर थारुले भने, पटक पटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हार गुहार गर्दा समेत सुनुवाई नगरेको बताए ।
हामी जिल्ला बाहिरका नागरिक धएका कारण हेपा प्रवृति भएको गुरुप लिडर थारुको भनाई छ । उक्त निर्माणधिन पुल २५ मिटर लम्वाई, १४.३३ मिटर उचाई र ८ मिटर चौडाई रहेको छ ।
उनका अनुसार हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको समेत बताएका छन

प्रतिक्रिया दिनुहोस