एकेै गाउँका १६ जनाले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश

फिल्को मिसन

शनिबार,पुस ४गते २०७७

हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका ३ रामागाउँ बाट नेपाली काँग्रेस पार्टी परित्याग गरि १६ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्
शनिबार एकै गाउँका नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसीले बताए । काँग्रेस परित्याग गरि रामगाउँ निवासी प्रवेश शाही ,लोकेन्द्र शाही, गोरा बहादुर शाही , दिपराज शाही र जयबहादुर शाही लगायत अन्य १६ जना लगायका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । नेकपा हुम्ला जिल्ला अध्यक्ष जैसीले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता र अविर फुलमाला लगाएर नेकपामा स्वागत गरेको छन ।

प्रतिक्रिया दिनुहोस