सेनाद्वारा गल्फागाडको बेलीब्रीज जडान कार्य सम्पन्न

फिल्को मिसन

शनिबार ४गते पुस २०७७
हुम्ला ।नेपाली सनाले लामो समयसम्म निमार्णाधिन रहेको कर्णाली करिडोर निमार्ण कार्यदलले हुम्ला अदानचुलीमा रहेको गल्फागाड बेलीब्रीजको जडान कार्य सम्पन्न गरेको छ ।
गत वर्षको माघ महिनादेखि सुरु भएको बेलीब्रीज हिजो नेपाली सेना कर्णाली करिडोर निमार्ण कार्यदलले सम्पन्न गरेको हो । जडान कार्य सम्पन्न भएपनि सवारी सञ्चालन भने तत्काल गर्न नमिल्ने बताइएको छ । जडान सकिए पनि बेलीब्रीजको दुबै तर्फड्याम बनाउन बाँकी रहकाले करिब २ हप्तादेखि एक महिनासम्म लाग्न सक्ने नेपाली सेनाले जनाएको छ ।
३ दिनको समय लगाएर गल्फागाडको बेलीब्रीज जडान गरिएको हो । गल्फागाडको पुनिमार्ण कार्य सम्पन्न भए सँगै सर्केगाड गाउँपालिका,मुगु लगायत तुम्च बालुकुना आवतजावत गर्न सहज भएको छ ।
यस भन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधनहरु तयारी रहेका थिए भने अबको केहि दिनमा पुल भएरै जान सहज हुँने भन्दै स्थानीय नागरीक सहित सवारी साधनका चालकहरु खुसी भएका छन् ।
बेलीब्रीजको दुबै पट्टीका रेम बनाउनको लागि ठेकेदारले जिम्मा लिएकाले सिमेन्ट ढुवानी हुँदै गरेकाले अबको केही दिनमै रेम बन्ने रेममा लगाएका सिमेन्ट स्याइट भए पश्चात मात्र सवारी साधन सुचारु गर्न सकिने बताउनु भएको छ । तुम्चाको बालुकुनासम्म औपचारीक सवारी सञ्चालनको लागि प्रकृया अघि बढी सकेको बताएको छ ।

नेपाली सेना तिथिचौका मेजर मिलन कार्की यसको लागि प्रकृया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस