प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय (पूर्ण पाठसहित)

फिल्को मिसन

आइबातर ५,पुस २०७७
काठमाडौं । आइतबार वेलुका बेठैकले नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बसेको बैठकले सातवटा निर्णय गरेको छ
धुमबाराहीमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालक्षीय बैठकले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो। अनुशासनको कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि उनीविरुद्ध एक हुन आजै नेकपा मुख्यालयमा स्थायी कमिटी बसेको थियो। त्यस्तै केन्द्रीय कमिटी बैठक पर्सि ७ गते बोलाइएको छ। उक्त बैठकमा यो प्रस्ताव लगिने एक स्थायी कमिटी सदस्यले जनाए। सोमबार दिउँसो १ बजे निवर्तमान सांसदहरुको भेला गर्ने र ३ बजे स्थायी कमिटी बैठक बोलाउने निणर्य पनि स्थायी कमिटीले गरेको छ ।
                                                  नेकपा स्थायी कमिटीका सात निणर्य
१ं .केपी शर्मा ओलीले संसद् विघटन गर्ने जुन कदम चालेका छन् । त्यो स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुश कदम हो । त्यसको निन्दा र भ्रत्सर्ना गर्ने । त्यसका विरोधमा संविधान पक्षधर शक्तिहरु एक भएर प्रतिकार गर्ने

२ .राष्ट्रपतिले समेत अलोकतान्त्रिक कदमलाई साथ दिएको हुनाले यसप्रति खेद व्यक्त गर्ने

३ .पार्टी अध्यक्षका रुपमा रहेका केपी ओलीले अनुशासनहीन काम गरेको, पार्टीको मर्म र भावनाविपरीत काम गरेको हुनाले अनुशासनको कारवाही गर्ने, त्यो प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने

४.पुस ७ गते केन्द्रीय कमिटीको बैठक राख्ने

५.कृष्णबहादुर महरालाई स्थायी कमिटीमा थप्ने

६.भोलि १ बजे निवर्तमान सांसदहरुको भेला गर्ने

७. भोलि ३ बजे स्थायी कमिटीको बैठक बस्ने

 

 

प्रतिक्रिया दिनुहोस