पुँजीवादी संसदीय सत्ताको असफलता र वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्छ: ‘विप्लव

फिल्को मिसन

आईतबार ५,पुस २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीका कारण भएको संसद् विघटनलाई प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा विप्लव)ले पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता भएको बताएका छन ।
विप्लव’ले आइतबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सत्ताको असफलतापछि ओलीले फाँसीवादको सहारा लिदै संसद विघटन गरेको गरेको बताएका छन् ।
जरी विज्ञप्तीमा भनिएको छ, ‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियाबादी प्रबृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो ।’त्यस्तै, जारी विज्ञप्तीमा देशभक्त शक्तिहरुसँग आफु नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस