भाले डाँफे काठमाडौंस्थित चिडियाखाना लगिँदै

फिल्को मिसन

सोमबार पुस ६,२०७७
डोल्पा । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका विरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएका छन । कठायतले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौंस्थित चिडियाखाना लगिने भएको छ।
संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।
गएको महनिामा दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरेका थिए

प्रतिक्रिया दिनुहोस