टिकटकमा भाइरल बन्दै काठमाण्डूको ‘अम्ब्रेला स्ट्रीट’

फिल्को मिसन

२०७७ पौष १५ गते
काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण थलिएको व्यवसाय लाई उकास्न काठमाण्डूको न्यूरोडको सडकमाथि छाताहरू सजाएको छ । सडक माथि छाताको यो अवधारणा काठमाडौंमा पनि सुरू गरीको छ ।न्युरोड गेटबाट संकटा मन्दिर सम्मको सडक रंगीन छाताले सजाइएको छ। मानिसहरू यहाँ तस्विर र भिडियोहरू लिन रमाईलो गरिरहेका छन् । यस सडकमा मानिसहरू आवागमन बढेको छ। बच्चा देखि वृद्धसम्म सबै उमेरका समूहका मानिसहरू यहाँ रमाईलो गरिरहेको देखिन्छन्। अहिले सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेको छ। टिकटक भिडिओ बनाउनेहरू सडकमा नाचिरहेका भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस