प्रचण्ड–नेपाल समुहको प्रर्दशनः ओलीले संसद बिघटन गरेर आरोप

फिल्को मिसन

२०७७ पौष १४ गते
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि प्रचण्ड–नेपाल पक्षले पहिलो पटक राजधानीमा लगायतका ७७ जिल्लामा शक्ति प्रदर्शन गरेको छन । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सामेल भएका छन् ।
कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताउनु भएको छ । पार्टी अनुशासनको उल्लङ्घन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उहाँको भनाइ छ ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली सुध्रिने आशा गरेको बताउनुभयो । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं, अन्तिम मौका दिएका छौं उहाँले भन्नुभयो । पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको अध्यक्ष नेपालको भनाइ छ । प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको उहाँले बताउनुभयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी माग्नुभएको छ ।
आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार ग¥यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको प्रचण्डको भनाइ थियो । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो , संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो ।
हामीले सच्चिनुभयो होला भन्ने मान्यौं । तर ओली त अझै नसच्चिएको भन्दै केपी ओलीलाई बुझ्न नसकेकोमा उहाँले जनतासँग क्षमा याचना माग्नुभयो । वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस