आइतबार १९ पुस, २०७७
नेकपा पार्टी ओली समुह र प्रचण्ड–नेपाल समुहमा विभाजीत भईसकेपछि हुम्लामा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन्। कर्णाली प्रदेश अध्यक्ष तथा भुतर्पुव संसद गोरख बहादुर बोगटिको साथ छोडर्दे सामाजिक विकास मन्त्री तथा जिल्ला पार्टी सचिव दल रावल लगायताका जिल्लाका एकनेताहरु प्रचण्ड–नेपाल समूहमा लागेका हुन् । नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् । मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्लाका अधिकांश नेता–कार्यकर्ताले प्रचण्ड–नेपाल समूह रोजेपछि केपी ओली पक्ष कमजोर देखिएको छ ।