किताकाट गरेका कर्णालीकादुई मन्त्री र सहित सांसद प्रचण्ड–नेपाल समूहमा

फिल्को मिसन

आइतबार १९,पुस २०७७
काठमाडौं । कर्णाली प्रदेशबाट नेपका ओली समुहमा किताकाट गरेका कर्णलीका दुई मन्त्री र सहित एक सांसद प्रचण्ड–नेपाल समूहमा साथ दिएका छन ।
सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायले ओलीको समूहको साथ छोडेर प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।
तीन जना प्रचण्ड–नेपालमा गएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रचण्ड–नेपाल समूहका हुन्। यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । मुख्यमन्त्री शाहीले दुई मन्त्री र एक सांसद आफ्नो पक्षमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस