हुम्लामा हिमपात जनजीजन कष्टकर

दाने बोहरा

सोमबार २०,पुस २०७७

हुम्ला ।हुम्लामा आइतबार दिउँसो साढे एक बजेबाट निरन्तर हिमपात भइरहेको छ । शनिवार विहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै आइतबार हिउँसोबाट सदरमुकमा सिमकोट सहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यािध बढेको छ ।
जिल्लामा पहिलो पटक मङसिरमा हिमपात भएको थियो भने त्यस यता ििहमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ ।
हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोट सहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आज विहानबाट हिमपात भइरहेको हिल्सा सिमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो । आज विहानबाट नारा लेख सहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्याधिक बढेर घरबाहिर निस्कन समेत समस्या बनाएको केसीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला सदरमुकाम सिमकोटवासि हिउँमा रमाउन थालेका छन् । आइतबार दिउँसोबाट हिमपात हुँदा किसान खुशी भएका छन् ।
जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् र
लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने स्थानीय हेमन्त बोहराले जानकारी दिनुभयो ।
हिमपातले किसानलाई भने खुसि बनाएको छ । जेठासी बाली जौं, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसि भएका हुन् ।

प्रतिक्रिया दिनुहोस