हिमपातले हवाई उडान ठप्प, जनजीवन प्रभावित

सोमबार २०,पुस २०७७
सिमकोट । हिमपातका कारण हुम्लाको सदुमुकाम सिमकोटसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
यता तारा एयरका सिमकोट श्रोतका अनुसार मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको जनाएको छ । तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।
मुगु,बाजुरा हुम्ला लगायतका अधिकाँस उच्च हिमाली जिल्लाका आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ ।
गएराति देखि परेको पानी र हिमपातका कारण सिमकोटविमानस्थल हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । नेपालगन्ज र सुर्खेत बाट उडान हुने सबै जहाज रोकिएको छ । सिमकोट विनास्थलमा २वटा जहाज रोकिएको सिमकोट विमानस्थल श्रोतले बताएको छ ।
पत्रकार नरजङ तामाङका अनुसार हिजै सिमकोट विमास्थल अवतरण गरेका २ वटा जहज मौसिम प्रतिकुलताका कारणले उडान भर्ना नसकेपछि रोकीएका छन । अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ । पत्रकार तामाङले भन्नु भयो हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाईरहेका छन् ।